मनाङमा छोराद्धारा बाबुको हत्या

हिमालपारीको जिल्ला मनाङमा बुधबार झडकेलो छोराले आफ्नो बाबुको हत्या गरेकाछन् । माथिल्लो मनाङको घ्यारु गाउँ विकास समिति वडा नम्बर १ का ६३ बषिर्य ङमिा साङ्गे लामालाई आफ्नै झड्केलो छोरा २७ बषिर्य साङ्गे लामाले हत्या गरेका हुन् ।     दिउसो बनभोज खाएर संगै फर्केका बाबुछोराविच घरमा सामान्य झगडा भएको थियो । झगडाकै क्रममा बाबुले छोरालाई एक लात्ती हानेको रिसमा छोराले ढुंगाले टाउकोमा हानि हत्या गरेको मनाङका प्रहरी प्रमुख डीएसपी नवीनराज र्राईले जानकारी दिनुभयो ।     घटना लगत्तै हुम्डेस्थित सीमा प्रहरी चौकीवाट प्रहरी नायब निरीक्षक दीप अर्यालको नेतृत्वमा खटिएको टोलीले हत्या आरोपी साङ्गे लामालाई पक्राउ गरेको छ । घटनास्थल सदरमुकाम चामेवाट ६ घण्टाको पैदल यात्राको दुरीमा पर्दछ ।

0 comments:

Get Updated From FB !!