आर्यनलाई किन लागेन निन्द्रा ?

नायक आर्यन सिग्देल आज भोली निकै कम सुत्ने गरेका छन् । उनी आफैं भन्छन्, 'म हिजो पनि जम्म ३ घन्टा सुतें ।' थोरै समय सुत्नुको कारण भने उनले खुलाएनन् ।

आर्यन कम समय सुत्छन् भन्ने कुरा त्यो बेला थाहा भयो जब उनको रक्तचाप परिक्षण गरियो । शुक्रबार राजधानीमा चलचित्र 'आई एम सरी' युनिटले राखेको रक्तदान कार्यक्रममा जब आर्यनले रगत दान गर्न रक्त चाप परिक्षण गरे तब डक्टरले भने, 'सरी तपाईंको रगत हामी लिन सक्दैनौं किनकी तपाईं कम्तिमा पनि पाँच घण्टा सुत्नुपर्छ ।' आफ्नो रगत दान गरेर पुण्य कमाउने सोचमा ब्लड बैंक पुगेका आर्यन निराश मात्र भए ।

डक्टरले भने बमोजिम उनी लामो समय देखि राम्रो सँग सुतेका छैनन् । आखिर किन लागेन आर्यनलाई निन्द्रा ? प्रश्नसँगै धेरै उत्तरहरू जन्मेका छन् । उनी ननिदाउनुका सम्भावना मध्ये एक कारण आफू अभिनित चलचित्र 'आई एम सरी' को काउण्टडाउन शुरू हुनसक्छ भने अर्को उनी रात प्रेमी भएका कारण हुन सक्छ । यस्तै अर्को कारण उनी प्रेममा चुर्लुम्म डुबेको हुनुपर्छ यात उनलाई कुनै दु:ख परेको हुन सक्छ । अर्को सम्भावना उनी लामो समय देखि खाली बस्नु परेको पिडा पनि हुनसक्छ ।

हामीले सम्भावना मध्येको मुख्य कारण चलचित्र 'आई एम सरी' को रिलिजलाई हेरेका छौं । लामो समय देखि प्रतिक्षारत सो चलचित्रबाट आर्यनको भविष्य निर्धारण हुने अंकलनहरू काटिएकोले पनि उनी चिन्तामा परेको हुनुपर्छ । आर्यन आफैं नै स्विकार्छन् कि यो चलचित्र आफ्ना लागि निकै च्यालेञ्जिङ छ ।

यदि यो चलचित्रबाट पनि आर्यनले सफलता पाउन सकेनन् भने उनको चलचित्र क्षेत्रको यात्रा कठिन हुनसक्छ । त्यसैले पनि आर्यनले जुन कुनै हालतमा यो कठिन यात्रामा सफलता पाउनु पर्छ । आशा गरौं उनी छिट्टै नै पाँच घण्टा हैन आठ घण्टा नै आरामले सुत्नेछन् ।

0 comments:

Get Updated From FB !!