मोहनी लगाउँछन् राजेश पायल




मोहनी लाग्ला है गाउँले बोलीले....मोहनी लाग्ला है राजेशपायलको स्वरले....

यस्तै भयो शनिबारको कर्न्सटमा जहाँ राजेशपाल राईको स्वरले धराने दर्शक मन्त्रमुग्ध भए । चिनो चलचित्रको गित मोहनी लाग्ला हैको रिमिक्स भर्सनमा जव राजेश पायलले माहोल तताउथे तव उनलाई साथ नदिने कोही हुन्थेनन् ।

लिबर्टी आवाशिय माध्यामिक विद्यालयको छैठौ प्यारेन्टस डेको अवसरमा आयोजित कार्यक्रममा राजेश पायल त्यस्ता कलाकार बने जसका लागि धराने दर्शकले उनलाई स्वागत गर्न तछाड मछाड नै गर्नु पर्‍यो । टेलिभिजनमा मात्र देखेका अनि रेडियोमा मात्र सुनेका विद्यार्थीले जव राजेशलाई स्टेजमा देखे तव उनलाई छुन तछाड मछाड गर्नेको समूह नै बनेको थियो ।



तातो घाममा दर्शन नमस्ते भन्दै जव स्टेजमा राजेश देखा परे तव प्यारेन्टस डेमा उपस्थित भएका अभिभावक विद्यार्थीले उनको दर्शन नमस्तेलाई एक साथ फर्काए । तिम्रो मुस्कान... वोलको गितबाट आफ्नो स्वरको जादु सुनाउन थालेका राई इज किङले सागर सरी चोखो माया..., विचार चोंगे..., वल्ल भेट भो..., आदाङवे..., मोहनी लाग्ला है लगायतका दर्जन बढी गित प्रस्तुत गर्दै धराने विद्यार्थीहरूलाई दुई घण्टा सम्म निरन्तर उफ्रिन बाध्य बनाए ।


यस्तै पचास वसन्त पार गरेका सुनसरीका जिल्ला शिक्षा अधिकारी हरि प्रसाद वस्तीको आग्रमा राजेशले वैगुनी रैछौ मायालु र सोही विद्यालयका प्रिन्सिपल तेनमान लिम्बुको आग्रहमा सागर सरी चोखो मायालाई पुन: दोर्‍याएर दर्शकको माया बटुलेका थिए । वैगुनी रै छौ मायालु गाइरहदा जिशिअ वस्तीले पनि उनीसंगै गाएर नाच्न भ्याएका थिए ।

कार्यक्रममा सहभागी स-साना वालबालिकाको निश्चल तथा निश्वार्थमाया र निर्दोष पनका कारण चर्को घाम र थकानको महशुस नभएको र अन्य कार्यक्रममा भन्दा साना बालबालिकाहरु सगै अझै वढि आनन्दीत हुने राईले गीत गाउदै आफ्नो बिट मारेका थिए । गायकहरूको भीडमा कर्न्र्सटका लागि सर्वाधिक ब्यस्त सूचिमा पर्ने राजेशलाई लिबर्टी स्कूलले दुई बर्षको अथक प्रयास पछि शनिबार आफ्नो प्राङगणमा उपस्थित गराउन सफल भएको प्रिन्सिपल तेनमान लिम्बुले जानकारी गराए ।

0 comments:

Get Updated From FB !!