फेसबुकले शुरू गर्दैछ वर्ल्ड टूर

नेपाली चलचित्रको बजार अब नेपालमा मात्र सिमित रहेन । बिस्तारै बिस्तारै नेपाली चलचित्रको मार्केट बिश्व बजारमा पनि पुग्न थालेको छ र आगामी दिनमा यसको बजार अझ बिस्तारित हुने आश गर्न थालिएको छ । यहि बिश्व बजारिकरणलाई ध्यान दिंदै पोस्टप्रोडक्सनको अन्तिम चरणमा पुगेको चलचित्र 'फेसबुक' ले वर्ल्ड टूर गर्ने तयारी गर्दैछ ।

सिंगापुरबाट सुटिङ थालनी गरिएको यस चलचित्रको प्रिमियर पनि सिंगापुरमा नै गरिनेछ । चलचित्रका निर्माता सुनिल कुमार थापाले दिएको जानकारी अनुसार बैषाखको पहिलो साता सिंगापुरमा 'फेसबुक' प्रिमियर गरिनेछ । सिंगापुरमा प्रिमियर गरे लग्गतै चलचित्र कोरिया पुग्नेछ । बैषाखको दोस्रो साता कोरियामा प्रदर्शन गरे पछि चलचित्रलाई अष्ट्रेलियामा भव्य प्रिमियर गरिने योजना छ । चलचित्रका मुख्य पात्र स्वतन्त्र प्रताप शाह अष्ट्रेलियाका एनआरएन भएकाले पनि उक्त देशमा 'फेसबुक' को प्रिमियर भव्य हुने देखिन्छ ।

सिंगापुर, कोरिया, अष्ट्रेलियासँगै चलचित्र कतार हुँदै अन्य खाडी मुलुकमा पुग्नेछ । त्यसपछि चलचित्रले युरोप र अमेरिका टूर गर्ने निर्माता थापा बताउँछन् । अहिलेको बर्तमान परिघटनालाई आधार बनाएर चलचित्र 'फेसबुक' बेरोजगार युवाको कथामा केन्द्रित रहेको र यसको प्रस्तुती बिल्कुलै नयाँ भएकाले बिश्व बजारमा राम्रो छाप छोड्ने निर्माता थापा बताउँछन् । फेसबुकलाई नेपालमा भने साउनको दोस्रो साता रिलिज गरिने छ ।

चलचित्रको कथा लेखनमा आफ्नो स्थान बनाईसकेका सुरज सुब्बा 'नाल्बो' ले निर्देशन गरेको चलचित्र 'फेसबुक' सस्पेन्स थ्रील चलचित्र हो । जसमा स्वतन्त्रको साथमा राजेश हमाल, झरना थापा, सुवास थापा, सुनिल थापा, अनुराग मान सिंह कुवँर, मटिन खान, विल्सन विक्रम राई, सुमन गैरे, धिरेन्द्र चन्द, अभिमन्यु केसी लगायतले अभिनय गरेका छन् । निर्देशक सुब्बाले यसअघि बाटो मुनिको फूल र सायद निर्देशन गरेर आफ्नो अर्को पहिचान बनाई सकेका छन् ।

0 comments:

Get Updated From FB !!