प्रधानमन्त्रीलाई कालो झण्डा प्रतिपक्षीको धन्दा

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन माग गर्दै नेपाल विद्यार्थी संघले कीर्तिपुरमा आयोजित कार्यक्रममा जादै गर्नु भएको प्रधानमन्त्री बाबुराम भट्टराईलाई कालो झण्डा देखाएको छ । कीर्तिपुरमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री भट्टराईलाई नेविसंघका रञ्जित कर्ण नेतृत्वमा रहेका विद्यार्थीले कालो झण्डा देखाएर बिरोध प्रदर्शन गरेका हुन् । उनीहरुले प्रदर्शनका क्रममा प्रधानमन्त्री बिरुद्ध चर्का नारावाजी समेत गरेका थिए । स्ववियु निर्वाचनको मिति छिटो घोषणा नगरे थप आनदोलन गर्ने चेतावनी दिएका छन्.

0 comments:

Get Updated From FB !!