'लूट' को अनलाईन पाईरेसी फिल्मीखबर, काठ

बिश्वका सबै सिटीमा रिलिज नहुँदै ब्लकबस्टर चलचित्र 'लूट' को अनलाईन पाईरेसी भएको छ । नेपालम तहल्का मच्चाएर ओभरसिजमा तहल्का मच्चाई रहेको लूटको आज पाईरेसी भएको छ । पाईरेसी भए लगत्तै यु ट्यूबबाट फिल्म हटाउने प्रयास भईरहेको छ भने केहि अनलाईनहरूले फिल्म डाउनलोड गरेर राखि सकेका छन् ।

भिसिडि राईट लिएको हाईटेक इन्टरटेन्मेन्टले फिल्म हटाउनका लागि यु ट्यूबमा क्लेम गरिरहेको छ भने बिश्व बजारमा रिलिजको राईट लिएकाहरू पनि फिल्मको पाईरेसी रोक्न खटिएको खबर आएको छ । पाईरेसी ठूलो अपराध रहेको भन्दै हाईटेक इन्टरटेन्मेन्टले जति सक्दो छिटो चलचित्र हटाउन पाईरेसी गर्नेहरूलाई आग्रह पनि गरेको छ ।

लूट आज कतारमा रिलिजि भएकोले पाईरेसी पनि त्यहिंबाट हुन सक्ने अनुमान लगाईएको छ । कतारबाट फिल्मीखबर प्रतिनिधी शैलेन्द्र कठायतले दिएको जानकारी अनुसार फिल्म रिलिज भएको दुई घण्टा बित्न नपाउँदै यु ट्यूबहरूमा फिल्म पाईरेसी भइसकेको थियो । चलचित्र अहिले अमेरिका, कतार सहितका केहि युरोपियन देशहरूमा रिलिज भईरहेको छ ।

शैलेन्द्ले दिएको जानकारी अनुसार आज शुक्रबार दोहाको दुई हल दोहा सिनेमा हल र गल्फ सिनेमा हलमा लूटको शो हाउसफुल भएको छ । पहिलो पटक एकै चोटी दुई हलमा रिलिजि गरिएको नेपाली सिनेमा लूट दुबै हलमा हाउसफुल भएको शैलेन्द्रले बताए । यस्तै दोस्रो शो त झन दर्शकहरूको ओभर फ्लोले गर्दा सिट नपाएका दर्शकलाई आयोजकले टिकटको पैसा नै फिर्ता गर्नु परेको शैलेन्द्र बताउँछन् ।

0 comments:

Get Updated From FB !!