सुर्खेतमा चलचित्र महोत्सव शुरु


चलचित्र विकाश वोर्डको आयोजनामा राजधानी बाहिर पहिलो पटक सुर्खेतको बिरेन्द्रनगरमा राष्ट्रिय स्तरको चलचित्र महोत्सव–२०६९ शुरु भएको छ । जिल्ला विकास समितिको खुल्ला मञ्चमा आयोजना गरिएको महोत्सवको पर्यटन तथा नागरिक उड्यनमन्त्री लोकेन्द्र विष्ट मगर र शान्ति तथा पुनर्निर्माण मन्त्री सत्या पहाडीले संयुक्त रुपमा पानसमा दियो वाली उद्घाटन गरे ।
हजारौँ दर्शकको भिंडमा महोत्सवको उद्घाटन गर्दै मन्त्री विष्ट मगरले पछिल्लो समय भारतीय कथामा आधारीत नेपाली फिल्म बन्न थालेको र बाह्य संस्कृती पनि फिल्म क्षेत्रमा भित्रिएको प्रति चिन्ता व्यक्त गर्दै उनले यसको निराकणका लागी फिल्मकर्मिहरु स्वयम लाग्नुपर्ने र वदलिदो अवस्थामा नेपाली जनतामा आधारित फिल्म वनाउनु पर्नेमा जोड दिए । उद्घाटनकै क्रममा शान्ति तथा पुनर्निर्माण मन्त्री सत्या पहाडीले नेपाली फिल्महरुमा माया प्रेमका मात्रै कुरा उठाउनु भन्दा पनि देश र समाज परिर्वतनका कुराहरु पनि समेटेर फिल्म बन्नुपर्ने र फिल्म मनोरन्जन मात्र नभई समाजको ऐना समेत भएको बताईन् । पछिल्लो समय नेपाली फिल्महरु राम्रो बन्दै गएकोमा गर्व भन्नुपर्ने भन्दै पहाडीले नेपाली फिल्म नेपालीपन र नेपाली संस्कृतीमा आधारीत हुनुपर्नेमा जोड दिनुका साथै फिल्म क्षेत्रको विकाशका लागी सम्पुर्ण नेपाली लाग्नुपर्ने समेत बताईन् ।


महोत्सव स्थल पुग्नु अघि स्थानिय संस्कृति झल्किने झाँकी तथा बाजागाजा सहित नायक जीवन लुईटेल, राजवल्लव कोइराला, एसराज, द्वन्द निर्देशक राजेन्द्र खड्की, निर्देशक तथा विकास बोर्डका सदस्य निलहरी काफ्ले लगायत स्थानिय कलाकारहरु मंगलगढी चौकदेखि बजार परिक्रमा गर्दै खुल्ला मञ्चमा पुगेका थिए । बजार परिक्रममाकै क्रममा नायक राजवल्लव कोइराला, जीवन लुईँटेल र राजेन्द्र खड्कीले हजारौँ सुर्खेतबासीलाई ढिलै भएपनि नयाँ वर्षको शुभकामना दिए । साथै सुर्खेतीले देखाएको माया आफ्ना लागी अविश्मरणीय क्षण भएको बताए ।

महोत्सवको पहिलो दिन रजतपटका कलाकारहरु निर शाह, बसुन्धरा भुषाल, करिश्मा मानन्धर, रेखा थापा, जिवन लुईटेल, भुवन केसी, भुवन चन्द, राजेन्द्र खड्की, सुमिना घिमिरे, कल्पना शाही, यसराज, हास्यकलाकार विष्णु सापकोटा, रमेश अधिकारी, गायक दिपक लिम्वु, माण्डबी त्रिपाठी, जुना प्रसाई लगायतको सहभागिता थियो । उद्घाटन कार्यक्रममा सुर्खेत क्षेत्रमा रहेर राष्ट्रिय स्तरका फिल्ममा अभिनय गरेर फिल्म क्षेत्र र मोफशलका दर्शकको दुरी कम गर्न उल्लेखनिय भुमिका निर्वाह गरेको भन्दै नृत्य निर्देशक कुलमान नेपाली, कलाकार प्रेम देव गिरी, गणेश गौतम, दानसिंह विक र निर्माता डक्टरसिंह गुरुङ्गलाई पर्यटनमन्त्री विष्टले दोशल्ला ओढाई सम्मानपत्र प्रदान गरेका थिए ।

हजारौ सुर्खेतवासीको उपस्थिती रहेको महोत्सवमा पर्दामा देखेको अनुहारलाई प्रत्यक्ष आफ्नै क्षेत्रमा देख्न पाउदा सुर्खेतवासिले निकै खुसी मनाइरहेका थिए । सन्चारकर्मी नरेश भट्टराई र गोविन्द कोइरालाले सन्चालन गरेको कार्यक्रममा गायिका जुना प्रसाई र संगितकार शम्भुजित वासकोटाले चट्ट रुमाल क्या मालुम कोटको खल्तिमा, गायक दिपक लिम्वु र माण्डबी त्रिपाठीले ढल्क्यो ढल्क्यो, संगितकार चेतन सापकोटाले मागेर पाउने भए म, नायिका रेखा थापाले आफ्नो पछिल्लो फिल्म रावणको टाडा नजाउ छेउमा आउन, संगितकार लक्ष्मण शेषले फिल्म किन लाग्छ मायाको टाइटल गित प्रस्तुत गरी प्रचन्ड गर्मिमा दर्शकलाई नचाउन सफल भएका थिए ।

त्यस्तै उदाउदो नायिका निता ढंगाना, अनु शाह, सुमिना घिमिरे, कल्पना शाही, नायक जिवन लुइटेल, यसराच लगाएत सुर्खेतको निकै चर्चित वागिना समुहले समेत लोकप्रिय नृत्य प्रस्तुत गरेका थिए भने पछिल्लो समय दर्शकमाझ लोकप्रिय वन्न सफल हर्के हल्दार विण्णु सापकोटा र रमेश अधिकारीले हजारौ दर्शकलाइ केही समय निकै हसाएका थिए । महोत्सवको दोस्रो दिन नौं गते सुर्खेतका बिभिन्न फिल्म हलहरुमा फुल, बुआन, मसान, सायद, किसान, ठेगाना गरि जम्मा ६ वटा फिल्म निःशुल्क प्रर्दशन गरीने राष्ट्रिय चलचित्र महोत्सव मूल आयोजक समितीले जनाएको छ । महोत्सवमा आउने नेपाली रजतपटका कलाकाहरुले सुर्खेतका बिभिन्न पर्यटकीय स्थलहरुको प्रत्यक्ष अवलोकन समेत गर्ने आयोजकले बताएको छ । महोत्सव आईतवार समापन गरिनेछ ।

0 comments:

Get Updated From FB !!