युनको फिल्मी उडान

हुन त नेपाली चलचित्रमा अभिनय गर्ने नायिकाको आयु सोचेभन्दा निकै छोटो हुने गरेको पाइन्छ । पारिवारिक बन्धन, कमजोर पारिश्रमिक, अनिश्चित भविष्य आदि कारण देखाउदै नायिकाहरु विदेश पलायनको भुमरी फसेको तितो यर्थाथ पनि हामी सामु प्रष्टै नै देखिन्छ । लाउलाउ र खाउखाउ भन्ने उमेरमा चलचित्रको अभिनय प्रति केन्द्रित भएर नाम र दामको पछाडी दौडने थुप्रै नायिकाहरु छन् ।

पारिवारिक बन्धनलाई तोडेर हुन्छ कि डिर्भोसको नाटक गरेको हुन्छ अथवा अनेक बाहना देखाएर भएपनि चलचित्रका लागि समय छुट्टाई रहेको पाइन्छ । अस्थायी खालको समय र विना स्थायीको सम्बन्ध कति बेला कहाँ गएर अन्त्य हुन्छ त्यसको कुनै ठेगान नै हुँदैन । खाली क्षणिक रमझमका लागि चलचित्रलाई रोज्ने नायिका भविष्य पनि विदेश एक कुनामा र चुलो चौकामा मात्रै सिमित रहेको पनि पाइन्छ ।


नेपाली चलचित्रका लागि राम्रो छवि बनाउन लागेकी नायिका युना उप्रेती एक कार्यक्रमको लागि भन्दै केहि दिन अगाडी मात्रै अमेरिका उडिन् । उनि कार्यक्रममा सहभागी भएर उतै घरजम गरेर बस्ने हल्लाले पछिल्लो समयमा बजार तताइरहेको छ । चलचित्र 'पर्खी बसे' को सफलता सँगै नेपाली चलचित्रमा प्रवेश गरेकी यी नायिकाको पछिल्लो समयमा रिलिज भएका कुनै पनि चलचित्रले उल्लेखय प्रगती गर्न सकेन ।

यकताका उनको सम्बन्ध निर्देशक दिपक श्रेष्ठसँग जोडिएको खबर बिभिन्न पत्रपत्रिका मार्फत सार्वजनिक भएको थियो । उनि सगै चलचित्रमा काम गरेका एक कलाकारले नाम नबताउने सर्तमा फिल्मीखबरलाई भने नायिका युना उतै घरजम गरेर बस्ने र नेपाल फर्केर पुनः चलचित्र काम गर्ने सम्भावना निकै कम रहेको जानकारी दिएका छन् । उनले यी नायिकाले को सँग र कस्तो शैली विवाह गर्न लागेकी हुन् त्यसको बारेमा भने उनले जानकारी दिन चाहेनन् । केहि समय अगाडी एक व्यक्तिसँग सम्बन्ध बिच्छेद भएपछि उनले एकल जीवन बिताइरहेकी थिइन् ।

लगातार उनले अभिनय गरेका चलचित्रहरु असफल भएको कारणले गर्दा उनले विकल्पको बाटो रोजेको केहि अनुमान गर्न सकिन्छ । ठुलो सपना बोकेर चलचित्र प्रवेश गर्नु उनको मानसिकता गलत साबित भएको देखिन्छ । धैर्यता र आत्मविश्वासको कारणले गर्दा लामो समयदेखि नै केही नायिकाले आफ्नो छबि सदैव उचाई राख्न सफल भएका छन् तर युना त्यस कुरामा असफल भएको देखिन्छ । पहिचान, छवि र सफलता फरक प्रसङग भएपनि यो कुरा मनन नगर्दा युना उप्रेतीले चलचित्रलाई गरेको बाइबाइको कुनै तुक नभएको स्पष्ट आँकलन गर्न सकिन्छ ।

0 comments:

Get Updated From FB !!